काठमाडौं । सरकारसँग ९ बुँदे सहमति भएपछि शिक्षकहरुको आन्दोलन रोकिएको छ । सरकार र नेपाल शिक्षक महासंघबीच बैशाख १७ गते भएको सहमतिपछि शिक्षकहरु घर फर्किएका हुन् । शिक्षकहरु फर्किएपछि सामुदायिक विद्यालयको पठनपाठन सुरुभएको छ । तर, शिक्षकहरुसँगै आन्दोलनमा होमिएका विद्यालयका कर्मचारीको भने आन्दोलन रोकिएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षकहरुबीच सहमति हुँदा कर्मचारीहरूको माग सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । कर्मचारीले बैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गरिरहेका छन् ।

परिषद्का महासचिव शान्तिनाथ योगीले जेठ ४ गतेका ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय