काठमाडौं । सोमबार चन्द्रागिरि नगरपालिकामा भारतीय समर्थगुरु सिद्धार्थ औलियाजी आउँदै हुनुहुन्छ । गुरु औलियाजी बैशाख २९ गते चन्द्रागिरि नगरपालिका आउन लाग्नु भएको हो ।
२९ गते बेलुका साँझ ६ बजे आउन लाग्नुभएका गुरु औलियाजीलाई चन्द्रागिरि साधना केन्द्रले स्वागत गर्ने छ । उहाँको उपस्थितिमा भजन–कीर्तन, सत्सङ्गको आयोजना गरिएको छ । गुरु औलियाजीले साधना केन्द्रमा प्रवचन दिनु हुने आयोजकले जनाएको छ । गुरु औलियाजी चन्द्रागिरि आउनु भन्दा पहिले बैशाख २९ देखि ३१ गतेसम्म पुल्चोकस्थित होटल हिमालयनमा प्रवचनको कार्यक्रम रहेको छ ।
बैशाख २९ गते होटल हिमालयनको कार्यक्रम सकी भारतीय समर्थगुरु सिद्धार्थ औलियाजी चन्द्रागिरि वडा नम्बर ११ मा आउनु हुनेछ । औलियाजीको सुरक्षार्थ चन्द्रागिरि साधना केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको आयोजकले जनाएको छ ।
साथै औलियाजी ३१ गते होटल हिमालयनको कार्यक्रम सकेर जेठ १ गतेदेखि ३ गतेसम्म पोखरा जानु हुनेछ ।
