काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाका किसानलाई व्यवसाय सञ्चालन गर्न ५ प्रतिशत ब्याज अनुदान प्रदान गरिने भएको छ ।
कृषि व्यवसाय सञ्चालन गर्नको लागि कृषिलाई ब्याजमा अनुदान प्रदान गर्न बेथानचोक गाउँपालिका र जिल्ला स्थित बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच सम्झौता भएको हो ।दुई पक्षबीच बुधबार १६ बुँदामा सहमित भइ सम्झौता भएको हो ।पालिकाले आ.व. २०८१/०८२ देखि पालिकाका बासिन्दालाई उद्यमशिलता विकास गरी व्यवसायिक बनाउन अधिकतम ५ वर्ष अवधिको लागि प्रति घरधुरी अधिकतम रु २० लाख रूपैयाँ ऋण रकम सम्म सहुलियत व्याज अनुदान ऋण प्रदान गर्ने र बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहुलियत ब्याज अनुदान ऋण लगानी गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
सम्झौता अनुसार, उक्त कार्यक्रमका लागि गाउँपालिकाले ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ भने ब्यबसाय गर्नेले ४ प्रतिशत ब्याज तिर्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय